बिहिबार, ०२ कार्तिक २०७४, १३ : १२
भारतबाट नेपालले विद्युत आयात गर्ने सम्बन्धी ऊर्जा मन्त्रालयद्धारा जारी प्रेस विज्ञप्ती
बिहिबार, कार्तिक २, २०७४

१५ पुस २०७३, आगामी जनवरी १, २०१७ देखि नेपालले भारतबाट हाल आयात भइरहेको ८० मेगावाटका अतिरिक्त ४० मेगावाट समेत गरी जम्मा १२० मेगावाट विद्युत ढल्केबर मुजफ्फरपुर ४०० केभी प्रसारण लाईनबाट आयात गर्ने भएको छ । पौष १५ गते शुक्रवार साँझ माननीय ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर तथा भारतीय विद्युत मन्त्रालयका माननीय ऊर्जा राज्यमन्त्री श्री पियुस गोयलबीच भएको टेलिफोन वार्ता मार्फत बिद्युत आयात गर्ने कुरा तय भएको हो । आगामी फेबु्रअरिदेखि यस परिमाणमा सोही प्रसारण लाईनबाट थप ४० मेगावाट विद्युत आयात गरिनेछ । यसका अतिरिक्त टेलिफोन वार्तामा टनकपुर विन्दुबाट थप १५ मेगावाट गरी जम्मा ४५ मेगावाट विद्युत आयात गर्ने, प्रसारण लाईन मर्मत संभारको लागि इ.आर.एस. टावर भारतबाट खरिद गर्ने समेत सहमति भएको छ । यस अनुसारको विद्युत आयातपछि नेपालले भारतबाट आयात गर्ने विद्युतको परिमाण करिब ३८० मेगावाट पुग्नेछ ।
वार्तामा नववर्ष २०१७ को शुभकामना साटासाटसहित एकले अर्को देशलाई मद्दत गर्ने प्रतिवद्धता समेत व्यक्त गरियो ।