बिहिबार, ०६ माघ २०७३, २० : ४०
अनलाईन आवेदन खुलेको पहिलो दिनमै २४ करोडको लगानी प्रतिवद्धता
बिहिबार, माघ ६, २०७३

काठमाडौं, २६ पुस । ऊर्जा मन्त्रालयले जलविद्युत आयोजनामा अनलाईन मार्फत माग गरेको लगानी प्रतिवद्धतामा उत्साहजनक सहभागिता देखा परेको छ ।
अनलाईन आवेदन खुला गरेको पहिलो दिन अर्थात सोमवार राती ८ बजेसम्म ४ हजार ६ सय ४३ जनाले जलविद्युत आयोजनामा लगानी प्रतिवद्धता जनाएका छन् । यस बाहेक ३ वटा कम्पनीले अनलाईन आवदेन भरेका छन् । पहिलो दिन नै व्यक्तिगत तर्फ २४ करोड ६२ लाख ६३ हजार ६ सय १५ रुपैया रकमको प्रतिवद्धता आएको छ । यस्तै कम्पनीतर्फ १ करोड ११ लाख २५ हजार रकमको प्रतिवद्धता आएको छ ।
ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले अघि सार्नु भएको नयाँ कार्यक्रम ‘नेपालको पानी जनताको लगानी’ अन्तरगत सोमवारदेखि अनलाईनमार्फत लगानी प्रतिवद्धता माग गरिएको थियो ।