बिहिबार, ०२ कार्तिक २०७४, १३ : ०६
जनतालाई शासन होईन सेवा प्रदान गर्नुः गृह मन्त्री शर्मा
बिहिबार, कार्तिक २, २०७४

????????????????????????????????????

असोज २०, काठमाडौँ । गृह मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जनतालाई शासन होईन सेवा प्रदान गर्नु पर्नेे बताउनु भएको छ । गृह मन्त्री शर्माले नेपाल प्रशासन सेवाका पदाधिकारीहरुका लागि कानून र न्याय सम्बन्धी तीन महिने तालीम उदघाटन गर्दै, आजको ब्युरोक्रेसी ेसेवाभावकासाथ जनतामा समर्पित हुनु पर्ने बताउनु भयो ।

उहाँले बिगतदेखिनै सरकारी सेवा झंजटिलो हुँदै आएको जिकीर गर्दै, त्यसलाई सहज बनाएर सामान्य जनताका समस्या समाधान तिर निजामती सेवा लाग्नु पर्नेमा जोड दिनु भयो ।
“फाइलहरु यती गरुङगा छन कतिपै कर्मचारीहरुले उचाल्नै सक्दैनन,” व्यङग्य गर्दै उहाँले भन्नु भयो “तपाईहरु दक्ष मात्र होईन ईमान्दार हुन आवश्यक छ ।”
उहाँले सो तालिम औपचारिकता मात्र न भएर गृह मन्त्रालयले ल्याएका चौरासी बुँदे मार्गचित्रको एउटा भाग भएको जिकीर गर्दै, तालिमका दौरान फेल हुनेहरुलाई प्रमुख जिल्ला अधिकारी पदमा नियुक्त न गरिने कुरा पनि समेत उजागर गर्नु भयो ।
“तपाईहरु स्थाई सरकार हो, त्यसैले जनतालाई सधै व्यवहारिक समाधान दिनु पर्छ” उहाँले उल्लेख गर्नु भयो ।
यसैगरी कानुन मन्त्री यज्ञ बहादुर थापाले उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै, सो तालिमले सच्चा राष्ट्र सेवक उत्पादन गर्ने विश्वास लिएको बताउदै, मिहीनेतकासाथ सबै विषय वस्तुमा दक्षता हासिल गर्नु पर्ने बताउनु भयो ।
न्याय सेवा तालिम केन्द्रका तालिम प्रमुख कलानिधि पौडयालले तालिममा सहभागी हुनेहरुले आफ्नो दर्जा केही समयका लागि बिर्सेर, सकारात्मक सोचकासाथ अनुशासित भएर तालिममा सहभागी हुनु पर्ने बताउनु भयो ।

????????????????????????????????????

????????????????????????????????????