बिहिबार, १० चैत २०७३, २१ : ५८
समाचार

ऊर्जा क्षेत्रको विकासबाट नेपाललाई मध्यमआय भएको मुलुकमा स्तरोन्नति गरिने

चैत्र ९, २०७३ | काठमाण्डौ ऊर्जामन्त्री जनार्दन शर्माले नेपालको सामाजिक–आर्थिक विकासको बाहक ऊर्जा क्षेत्र नै भएकाले त्यसैको विकासका लागि वर्तमान सरकार क्रियाशील रहेको बताएका छन्। अल्पविकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा विकासोन्मुख साना टापु राज्यका लागि संयुक्त राष्ट्रसङ्घीय उच्च प्रतिनिधिको कार्यालय, नेपाल सरकार र यहाँस्थित राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले आज यहाँ आयोजना गरेको एसिया प्रशान्त क्षेत्रका अल्पविकसित […]

औद्योगिक क्षेत्रलाई पनि एक वर्षभित्रै लोडसेडिङमुक्त गरिने

काठमाडौं, चैत ६ । सरकारले औद्योगिक क्षेत्रलाई लोडसेडिङमुक्त बनाउने तयारी तीव्र पारेको जनाएको छ । जेठदेखि नेपाल लोडसेडिङमुक्त रहेको घोषणा गर्ने सरकारले एक वर्षभित्रै औद्योगिक क्षेत्रमा विद्युत भार कटौति नगर्ने भएको हो । आइतबार ऊर्जा मन्त्रालयले चालू आर्थिक वर्ष भित्र देशभरका सबै औद्योगिक क्षेत्रलाई लोडसेडिङमुक्त गराउने कार्य भईरहेको जानकारी दिएको हो। अहिले औद्योगिक क्षेत्रमा पीक […]

सरकारले १५ वर्षपछि टुंग्यायो विद्युत नियमन आयोग एेन

विद्युत विकासलाई दिगो एवं व्यवस्थित बनाउने लक्ष्यअनुसार ल्याउने तयारी भएको करिब १५ वर्षपछि सरकारले विद्युत नियमन आयोग विधयेक पारित गरेको छ । मन्त्रिपरिषद्अन्तर्गतको विधेयक समितिले बिहीबार विधेयकको मस्यौदा स्वीकृत गरेको हो । मन्त्रिपरिषद्ले यसअघि सामान्य छलफल गरी मस्यौदा समितिमा पठाएको थियो । कानुन मन्त्री संयोजक रहने समितिले बिहीबार विधेयक स्वीकृत गरेको ऊर्जा मन्त्रालय कानुन महाशाखा […]

१० जलाशययुक्त आयोजना अघि बढाउने गृहकार्यमा ऊर्जा मन्त्रालय

चैत्र १, २०७३ ऊर्जा मन्त्रालयले १० वटा जलाशययुक्त आयोजना अघि बढाउन गृहकार्य सुरु गरेको छ । मन्त्रालयले ४ हजार ६ सय २३ मेगावाट बारबरका जलाशययुक्त १० आयोजनानिर्माण गर्नेबारे गृहकार्य गरिरहेको ऊर्जा मन्त्री जनार्दन शर्माले जानकारी दिए । ‘मन्त्रालयले १० वटा आयोजना अहिले जुन अबस्थामा छन त्यही अबस्थाबाट निर्माण गर्ने निर्णय गरेको छ,’उनले भने,‘ विभिन्न मोडालिटीमा […]

ऊर्जामा ६ महिनामा २७ उपलब्धि

काठमाडौं, २६ फाल्गुन: ऊर्जा मन्त्रालयले उपत्यकालाई लोडसेडिङमुक्त र बाहिर न्यूनीकरण गर्ने लगायतका २७ बुँदामा उपलब्धि हासिल गरेको छ । आर्थिक वर्ष २०७३/०७४ सुरु भएको ६ महिनाकै अवधिमा उपत्यकालाई लोडसेडिङमुक्त गर्नुका साथै उपत्यकाबाहिर पूर्व, मध्य, पश्चिम र सुदूर क्षेत्रमा लोडसेडिङ दुई घण्टामा सीमित तथा औद्योगिक क्षेत्रमा चार घण्टा तथा वीरगन्ज औद्योगिक क्षेत्रमा ८ घण्टा कायम गर्न सफल […]

जलविद्युत्मा स्वर्ण युग सुरु

रमेश लम्साल फाल्गुन ३० गते, २०७३ विगत लामो समयदेखि अस्तव्यस्त रहँदै आएको मुलुकको जलविद्युत् क्षेत्रमा स्वर्ण युगको सुरुवात भएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा रहेको सरकारले जलविद्युत् क्षेत्रमा दिएको प्राथमिकताका कारण क्रमशः सफल हुँदै गएको हो । सरकारको तत्परताकै कारण चालु आवमा २०० मेगावाट विद्युत्् थप गर्ने लक्ष्यका साथ […]

राजधानी उज्यालो बनाएका ऊर्जामन्त्रीका मलिन सम्झना

माओवादी केन्द्रका नेता तथा ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ पछिल्लो समय चर्चाको केन्द्रमा छन् । किनकि, काठमाडौंलाई लोडसेडिङमुक्त बनाएर उज्यालो बनाउने श्रेय शर्मालाई पनि जान्छ । सहरलाई उज्यालो बनाएर नेपालीको मुहारमा खुसी भर्न सफल यी मन्त्री आफूचाहिँ कत्तिको खुसी छन् ? विगतका कस्ता र कुन घटना उनलाई अहिले पनि सम्झनामा आउँछ ? दशवर्षे सशस्त्र द्वन्द्वमा माओवादी […]

लगानीकर्तालाई ऊर्जामन्त्रीको आह्वान- नेपाल बाँझो जमिन हो, जोत्नुस् र लाभ लिनुस्

२० फागुन, काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपालमा लगानीका प्रशस्त सम्भावना भएकाले लगानी गर्न सबैलाई आह्वान गरेका छन् । नेपाललाई ‘बाँझो जमिन’को संज्ञा दिँदै उनले त्यसबाट फाइदा लिन लगानीकर्तालाई आह्वान गरे ।   काठमाडौंमा जारी लगानी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले भने, ‘नेपाल बाँझो जमिन हो र जोत्ने भनेकै बाँझो जमिन हो ।’ संविधान […]

दुई वर्षपछि खाना पकाउन एलपी ग्यास चाहिँदैन

काठमाण्डौ, फागुन १९ दुई वर्षभित्रमा खाना पकाउने एलपी ग्यासलाई प्रतिस्थापन गरिने भएको छ। विद्युतको उत्पादन वुद्धि भएसँगै नागरिकले खाना पकाउन विद्युतको उपभोग बढाउने हुँदा ग्यासको प्रयोग बन्द हुने ऊर्जा मन्त्री जनार्दन शर्माले बताए। उपलब्ध विद्युतको व्यवस्थापनबाट सो स्थिति निर्माण हुने उनको भनाइ थियो। राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा ऊर्जा मन्त्री शर्माले विद्युत् खपतसम्बन्धी सरकारको योजनाबारे […]

विद्युत् भार कटौती छिटै हट्ने ऊर्जामन्त्रीको घोषणा

१७ फागुन, धुलिखेल । ऊर्जामन्त्री जनार्दन शर्माले प्राकृतिक स्रोत र साधनलाई प्रयोग गर्न सकेमा छिट्टै जनताले खोजेको चाहना पूरा गर्ने सकिने बताएका छन् । काभ्रेको धुलिखेलमा लियो क्लब अफ काठमाडौँ मार्गदर्शनले आयोजना गरेको ‘प्रिज्म इन्टरनेसनल युथ क्याम्प’को समापन कार्यक्रममा मन्त्री शर्माले भने, “हामी कस्तुरी जस्तै भएका छौं, बिना आफैंले बोकेर बास्नाको पछि दौडिरहेको जस्तै प्राकृतिक […]

अझै चुहिएरै सकिन्छ साढे ११ अर्बको बिजुली

काठमाडौं, मङ्गलबार, १७ फागुन २०७३ ऊर्जामन्त्री जनार्दन शर्माले बिजुली चुहावट तीन प्रतिशतले घटेको दाबी गरेका छन्। करिव २६ प्रतिशत चुहावट हुँदै आएको बिजुली तीन प्रतिशत बिन्दुले घटाएर २३ प्रतिशतमा झारेको उनले सोमबार नागरिकलाई बताए। एक प्रतिशत बिजुली चोरी हुँदा नेपाल विद्युत प्राधिकरणलाई करिब ५० करोड नोक्सान हुन्छ। तीन प्रतिशत बिजुली चुहावट जोगाउन सकिएको खण्डमा एक […]

पश्चिम सेतीबारे थ्री गर्जेजलाई सरकारको चेतावनी

१६ फागुन, काठमाडौं । पश्चिम सेती जलविद्युत आयोजना निर्माणका विषयमा पछिल्लो समय चिनियाँ कम्पनी थ्री गर्जेजले कुनै जवाफ नपठाएको भन्दै लगानी बोर्डले ‘अल्टिमेटम’ सहितको पत्र पठाउने भएको छ । गत ३ माघमा नेपाल विद्युत् प्राधिकरण र थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनबीच पश्चिम सेती आयोजना निर्माणका लागि संयुक्त उपक्रम सम्झौता (जेभीए)मा प्रारम्भिक हस्ताक्षर भएको थियो । त्यसपछि […]